२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन् ।

कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने भनेर स्थानीयसँग छलफल भइरहेको तर निष्कर्षमा नपुगेकाले काम सुरु हुन नसकेको बताउनुहुन्छ । “दैनिकरुपमा अवलोकन गर्नेगरी समिति बनाउनेबारे छलफल भइरहेको र समितिलाई एक–दुई दिनमा पूर्णता दिएर निमार्णको काम अघि बढ्छ” , अध्यक्ष महर्जनले भन्नुभयो ।

मौलिक कला, संस्कृतिको नमुनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने उहाँले बताउनुभयो । उहाँले ऐतिहासिक सुन्धाराको संरचना जोगाउनकै लागि पहलकदमी अघि बढाएको बताउनुभयो ।

ऐतिहासिक महत्व बोकेको सुन्धारामा पानी पठाउने ९काठको लामो पाइप० नष्ट गरी उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने तयारी गरेपछि धरहरा पुनःनिर्माणको बाँकी काम रोकिएको हो ।

भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घाटन गर्नुभएको थियो । बयालिस रोपनी क्षेत्रफलमा निर्माण गरिएको धरहरा भित्र २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । धरहरा टावरको पुनः निर्माण सम्पन्न भएको भन्दै विसं २०७८ वैशाख ११ गते नै उद्घाटन गरिएको थियो । उद्घाटन भएको डेढ वर्ष बितिसक्दासम्म अन्य निर्माणको काम सम्पन्न हुन सकेको छैन ।