१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

गलकोट दरबार जान पक्की पुल बन्यो

गलकोट दरबार जान पक्की पुल बन्यो
फाईल फोटो
अ अ+ अ-

बलेवा । गलकोटे राजाको दरबारसहित गलकोट नगरपालिका वडा नंं ५ जाने पक्की मोटरेवल पुलमा सवारी चल्न थालेका छन् । केही समयअघि निर्माण सम्पन्न भएको यस पुलमा अब नियमित सवारी चल्न थालेका हुन् ।

गलकोटे राजाको पालामा दरमखोलामा बनेको झोलुङ्गे पुललाई राजाको पुल भनिन्थ्यो । सोही पुल जीर्ण भएपछि केही वर्षदेखि पैदलयात्रीले सास्ती पाएका थिए । भत्केको झोलुङ्गे पुल गत वर्ष बनेर चल्न थालेको छ भने सोही पुलको छेवैमा मोटर चल्ने पुल पनि बनेको हो ।

यो पुलले गलकोट नगरपालिका वडा नंं ५ र ६ जोड्छ । दरमखोलामाथिको ‘राजाको पुल’ बनेपछि वर्षात्मा पनि यात्रीले सहज यात्रा गर्न पाउने भएका छन् । जीर्ण झोलुङ्गे पुलमा यात्रा गरेकाले सवारीसाधन लिएर यात्रा गर्नसक्ने भएको वडा नंं ५ का अध्यक्ष पवन हमालले बताउनुभयो । यो पुल बन्नुअघि खोला तर्न नसकेपछि सवारीसाधनले भैँसेस्थित दरमखोलाको पुल तरेर हटिया बजार आउनुपर्ने बाध्यता थियो । यो बाटो कम्तीमा पाँच किमी लामो पर्छ ।

हरिचौरस्थित गलकोट राजाको दरबार अहिले पनि पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । त्यसैले दैनिक घुम्न जानेका लागि पक्की पुल उपयोगी भएको हो । खोलाको वारिपारि खेत भएकाले किसानले खेती लगाउनेदेखि भित्र्याउने समयमा पनि पुल अभावले समस्या भोगेका थिए । “पहिला काम गर्नुपर्दा घुमाउरो बाटो हिँड्नुपथ्र्यो, अहिले सजिलो भयो”, स्थानीय सरिता निउरेले भन्नुभयो, “अहिले हटिया बजार जानु परे पनि पैदलै १५ मिनेटमै पुगिन्छ ।” गाडी चढेर जानुपरेमा भैँसेस्थित मध्यपहाडी लोकमार्गको पुल तरेर घुम्दा भाडा चर्को तिर्नुपरेको उहाँले बताउनुभयो ।

यसअघि बनेको गौदी खोला पुल पनि नियमित भएकाले हरिचौर र हटिया तथा ताराखोलादेखि हटिया बजारसम्म झर्न र दैनिक आउजाउमा सहज भएको हो । गौँदी खोला पुल ‘नयाँबाटो जुम्ली आचार्य’ संयुक्त निर्माण कम्पनीले साढे तीन करोडमा बनाएको थियो भने दरमखोला पुल जय बाबा गोरखा/ओखलढुङ्गा संयुक्त निर्माण कम्पनीले पाँच करोड नौ लाखमा बनाएको हो । यी दुवै पुल बनेपछि मध्यपहाडी लोकमार्गको हटिया बजारबाट हरिचौरस्थित दरबार र पुरानो सदरमुकाम घुम्न चार किलोमिटर यात्राबाट पुग्न सकिने भएको हो । हटियादेखि हरिचौर पुग्न गौँदीखोला, दरमखोला र खहरेखोला तर्नुपर्छ । खहरे खोलामा भने अझै पुल बन्न बाँकी छ ।