२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनाको जितको कामना गर्दै मेस्सीको नाममा ग्रह शान्ति



अ+ अ-

हेटौँडा । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाको जितको कामना गर्दै एक युवकले लिओनल मेस्सीको नाममा ग्रह शान्ति पूजा गरेका छन् ।

शनिवार मकवानपुरको हेटौँडा-११ का सागर घिमिरेले अर्जेन्टिनाको जितको लागि आफ्नै घरमा ग्रह शान्ति गरेका हुन् ।

घिमिरेले समय चक्रमा ग्रहहरूका कारण मेस्सीलाई विश्वकप जित्न वाधा–अड्चन नहोस भन्ने उद्देश्यले ग्रह पूजा गरेको बताए । उनले अर्जेन्टिनाको जर्सि लगाएर पूजा गरेका हुन् ।

आज आइतबार राति ८ः४५ बजेबाट कतार विश्वकप उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । दुबै टिम आफ्नो तेस्रो उपाधि जित्नका लागि आतुर छन् ।

समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । यस्तै, क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–३ गोलले हराएको अर्जेन्टिना सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै फाइनलमा पुगेको हो ।

यता, समूह ‘डी’बाट विजेता रही नकआउट चरणमा प्रवेश गरेको साविक विजेता फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३–१ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । यस्तै, क्वाटरफाइनलमा इंग्ल्याण्डलाई २–१ गोलले पाखा लगाउँदै फ्रान्सले सेमिफाइनलमा मोरक्कोविरुद्ध २–० गोलको जितसहित फाइनलको यात्रा तय गरेको हो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले जारी विश्वकपमा समान ५–५ गोल गर्दै गोल्डेन बुटको दौडमा रहेकाले यो विश्वकपको फाइनल थप रोचक बन्न पुगेको छ । ३५ वर्षीय मेसी पहिलोपटक विश्वविजेताको ट्रफि उचाल्न चाहन्छन् भने अर्कोतर्फ मात्र २३ वर्षका एम्बाप्पे दोस्रोपटक ट्रफि उचाल्ने दाउमा छन् ।