६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउनुपर्नेमा सरोकारवालाहरुको जोड



अ+ अ-

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउन सबैले जोड दिन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

नेपालस्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) र विज्ञापन बोर्ड नेपालले ललितपुरमा शुक्रवार गरेको छलफलमा सरोकारवालाहरुले विज्ञापनलाई लैङ्गिक संवेदनशिल र उत्तरदायी बनाउन जोड दिएका हुन् । विज्ञापनको असर सामाजिक मनोविज्ञानमा धेरै लामोसम्म रहने भएकाले विज्ञापनको अवधारणा बनाउने र निर्माणमा धेरै मेहनत गर्नुपर्ने बताउनु भयो । विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले महिला र पुरुषबीचमा विभेद हुने खालका विषयवस्तु विज्ञापनमा राख्नु नहुने बताउनु भयो । उहाँले विज्ञापन बजारलाई लैङ्गिकमैत्री बनाउनुपर्ने बताउनु भयो । उहाँले आगामी दिनमा विज्ञापन बोर्डले विज्ञापनको विषयवस्तुलाई सेन्सर गर्ने स्पष्ट पार्नुभयो ।

युएनडिपीका सञ्चारप्रमुख कमलराज सिग्देलले संयुक्त राष्ट्रसंघले विश्वभरी प्रशारण हुने विज्ञापन लैङ्गिक संवेदनशील होस् भनेर काम गरिरहेको बताउनु भयो । उहाँले विज्ञापनले समाजमा छिट्टै असर गर्ने भएकोले निर्माणको चरणमा नै विज्ञापन लैङ्गिक उत्तरदायी भए नभएको हेर्नुपर्ने बताउनु भयो । उहाँले खराब विज्ञापनले समाजमा पु¥याउने क्षति कम गर्न सकिने उपायको खोजि गर्नुपर्ने बताउनु भयो । विज्ञापनलाई लैङ्गिक जवाफदेही बनाउन समाजका सबै पक्षले काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले युएनडिपी नेपाली विज्ञापन बजारसँग काम गर्न इच्छुक रहेको पनि बताउनु भयो । युएनडिपी र विज्ञापन बोर्डले नेपाली बजारका लागि विज्ञापन बनाइरहेका अवधारणा निर्माता, रचनात्मक लेखक, रचनात्मक निर्देशक भिडियो निर्मातासँग निरन्तर छलफल गर्ने बताएका छन् ।