१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

बज्न छाडे ‘पञ्चेबाजा’

बज्न छाडे ‘पञ्चेबाजा’
अ अ+ अ-

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका गाउँदेखि बजारसम्म विवाह, मेला, महोत्सव तथा शुभकार्यमा पञ्चेबाजा निकै बज्ने गर्थे । तर अहिले पञ्चेबाजा बज्न छोडेर ठूला–ठूला साउण्ड सिस्टम र स्पिकर बज्ने गर्छन् ।

युवा पुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तीमा आएका पञ्चेबाजा र नौमती बाजा बजाउने प्रचलन लोप भएका हुन् । अचेल बाजा बजाउने प्रचलन हट्न थालेपछि बाजा बजाएर गुजारा चलाउँदै आएकाहरु समस्यामा पर्न थालेका छन् । अहिले पढेलेखेका पुस्ताले बाजा बजाउन लाज मान्दासमेत पञ्चेबाजा हराउन लागेको हो । सीमित जातिले मात्रै बजाउँदै आएको बाजा अहिले पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको बुढापाका बताउँछन् ।

विशेष गरी परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोपहुँदै गएको उनीहरुको भनाइ छ ।
बाजा बजाउने काम स्थायी पेसा नभएकोले हराउँदै गएको बागलुङ ढोरपाटनका पदमबहादुर दर्जीले बताउनुभयो । शुभकार्यमा विदेशी बाजाले स्थान पाउँदा मौलिक बाजा हराउँदै गएको उहाँको भनाइ छ ।

समाजमा अझै पनि कायम रहेको जातीय संस्कारका कारणले मौलिक बाजा हराउन थालेको र बाजा बजाएर गुजारा नचल्ने भएकाले पनि बाजा हराउन लागेको दर्जी बताउँनुहुन्छ । “अहिले पनि हाम्रो समाजमा बाजा बजाउने जातीलाई हेप्ने, फरक नजरले हेर्ने गर्छन्, अहिलेका छोरा नातिहरुले बजाउन सिक्ने चासो दिँदैन, हामी र हाम्रो पूर्खाहरुले पढेनौँ, बाजा बजाएर कमाई खाइयो,” दजीले भन्नुभयो– “नयाँ पुस्ताले बाजा बजाउन लजाउँछन्, बजाउन पनि जान्दैनन्, हाम्रो सासपछि त बाजा बजाउने चलननै सकिने भयो ।” उहाँले पहिले बाजा बजाउने एउटा समूहमा १०÷१५ जनाभन्दा बढी हुने गरेको भन्दै अहिले नौँ जना पनि पुग्न मुस्किल हुने बताउनुहुन्छन् ।

सीमित मान्छेले नौमती बाजा बजाउन नसकिने जनाउँदै यसका लागि न्यूनतम नौँ जना हुनैपर्ने उहाँको भनाइ छ । ५८ वर्षीय दर्जी भन्नुहुन्छ– “नौमती बाजा बनाउन कम्तीमा पनि नौँ जनाको समूह त हुनैपर्छ, नौँ जनाभन्दा कम भए बजाउन सकिँदैन, ताल मिल्दैन, अहिले टिम पु¥याउनै गाह्रो हुन्छ, बुढापाकाले बजाउन सक्न छोडिसके, हाम्रो उमेरका कम छौँ ।”

स्थानीय बिर्खबहादुर परियारले युवापुस्ता प्रतिष्ठा, पारिश्रमिक र स्थानीयस्तरमा पञ्चेबाजा बजाएर भोलिको भविष्य नभएका कारण संस्कृतिलाई निरन्तरता दिन नसकिएको बताउनुहुन्छ । पछिल्लो समय गाउँघरमा पहिले जस्तो पञ्चेबाजाप्रति त्यति आकर्षण नदेखिने उहाँको भनाइ छ । पाकापूर्खाको पेसा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको उहाँको अनुभव छ ।

“मैले जानेबुझेदेखि नै पञ्चेबाजा बजाउन थालेको थिए, अहिले त हातखुट्टा चल्न छोडे टाढा–टाढा पुगेर बजाउन सक्दैन, आँखा पनि कमजोर भए,” ७७ वर्षीय परियारले भन्नुभयो, “पहिले त कसैको बिहे, छैँटी, भातखुवाई हुँदा बाजा बजाउन जान्थ्यौँ, अहिले त बिवाहामा पनि गीत बजाएर नाच्न थाले, बाजा त कमै ठाउँमा मात्रै बज्छन् ।”

पछिल्लो समय परियार समुदायका व्यक्ति पनि शिक्षित हुँदै गएको र बाजा बजाउने पेसालाई नकरात्मक रुपले सोच्ने गर्दा पञ्चेबाजा सङ्कटमा परेको उहाँको भनाइ छ । उहाँले बाजा बजाएर परिवार पाल्नसक्ने अवस्था नहुँदा बाजा बजाउने सीप भएका युवा विदेशीन बाध्य भएको बताउनुभयो । बाजा संरक्षणका लागि सबै क्षेत्रबाट पहल हुन जरुरी रहेको बताउनुभयो ।

“पञ्चेबाजा त हाम्रो संस्कृति हो, ठूलो सम्पत्ति हो, यसलाई बाजा बजाउने समुदाय र सरकारले पनि चासो दिनुपर्छ, अहिलेको रुपमा बाजा बजाउने समुदायप्रति हेरिने हेराइ फेरिएन भने पछिका हाम्रा पुस्ताले पञ्चेबाजा देख्ना र सुन्न पाउँदैनन्, मलाई त निकै चिन्ता लागेको छ, अहिले त बाजासँग मादल पनि देखिन र बजाउन छोडि सके ।”

स्थानीयवासी मुरारी नेपालीले बाजा बजाउन छोडेपछि परिवार पाल्नसमेत गाह्रो हुने अवस्था आएको बताउनुभयो । नेपालीले गाउँमा विवाह, व्रतबन्ध र मेला महोत्सव हुँदा बाजाको सट्टा स्पिकर बजाउन थालेपछि आफूहरुको पेसा सङ्कटमा परेको गुनासो गर्नुभयो ।

उहाँले पहिले बाजा बजाएर मासिक रु ३० हजारभन्दा बढी आम्दानी गरेको हुनाउँदै अहिले दुई हजार पनि कमाई नहुने बताउनुहुन्छ ।“अहिले त बाजा बजाउन कसैले पनि बोलाउँदैनन्, बोलाए पनि बजाउने मान्छे छैनन्, पहिले बाजा बजाएरै परिवार पाले, छोराछोरी पढाएँ, अहिले कमाइ केही छैन, परिवार चलाउन गाह्रो होला जस्तो छ” नेपालीले भन्नुभयो– “पहिले त बाजा बजाउँदा बजाउँदा घरको काम गर्ने फुर्सद हुँदैनथ्यो, धेरै समय भयो मैले बाजा बजाउन छोडेको, हाम्रा पूर्खाले चलाएको चलन हराउँदा दुःख लागेको छ ।” रासस