१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

माछापालनबाट मनग्य आम्दानी

माछापालनबाट मनग्य आम्दानी
अ अ+ अ-

सहजपुर । कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले माछा व्यवसाय अगाल्नुभएको छ । नगरलाई समृद्ध बनाउने सपना साकार पार्न नै उहाँले उक्त व्यवसाय गरिरहनुभएको हो । जनप्रतिनिधि सबैले आ–आफ्नो व्यवसाय गर्न जरुरी रहेको उहाँको बुझाइ रहेको छ । उहाँ नगरपालिकाकै वडा नं ९ सेहरीमा नौ बिघा जमिन भाँडामा लिएर माछा व्यवसाय सञ्चालन गरिरहनुभएको छ ।

“डोटीस्थित निरौली विद्यालयको जग्गा हो । विसं २०७८ मा जग्गाको सम्झौता गरेर काम सुरु गरेका थियौँ’ उहाँले भन्नुभयो “ हामी दाजुभाइ मिलेर यो काम गरिरहेका छौँ । निर्वाचनका कारण केही ढिलाइ हुँदा माछा हाल्न ढिला भयो, अहिले आधा माछा निकालिसकेका छौँ, केही अझै निकाल्न बाँकी छ ।”

उहाँले आफूले माछापोखरी पनि फरक तरिकाले निर्माण गरेको बताउनुभयो । “यसमा जेसिवी प्रयोग गरेको भए आठदेखि १० लाख कम खर्चमा पोखरी निर्माण गर्न सकिन्थ्यो’ उहाँले भन्नुभयो,“हामीले ट्र्याक्टर प्रयोग गरेर नयाँ प्रविधिबाट निर्माण गरेका छौँ । यसले पोखरी दिगो बन्न मदत गर्छ ।” उहाँले यस वर्ष केही ढिलो हुँदा सबै पोखरीमा माछा राख्न नसकेको बताउनुभयो ।

उहाँले राजनीतिलाई सेवाका रुपमा बुझी स्वयम् आत्मनिर्भर बन्ने लक्ष्यका साथ माछा व्यवसाय सुरु गरेको बताउनुभयो । २०७८ सालमै सञ्चालनमा ल्याइएको बिपी एग्रिगेट एग्रो फर्ममार्फत उहाँले माछा व्यवसाय सुरु गर्नुभएको हो । नगरप्रमुख हुनु अगावैदेखि सञ्चालनमा ल्याइएको उक्त फर्ममा उहाँले विभिन्न जातका माछा उत्पादन गरी बिक्रिवितरण गर्ने योजना बनाउनुभएको छ ।

“यो सबै जमिनमा माछा पोखरी बनेका छन्, यहाँ प्रायःजसो सबै प्रकारका माछा उत्पादन हुनेछन्’ उहाँले भन्नुभयो,“सानो पोखरीमा हामीले पङगास जातको माछा राखेका छौँ, यो माछा चारो मात्रै खाएर हुर्किने गर्छ, यसलाई वर्षको दुई पटकसम्म उत्पादन गर्न सकिन्छ ।” उहाँले फागुनदेखि नौ बिघामा निर्माण गरिएका सबै पोखरीमा पूरै क्षमतामा माछाका भुरा राख्ने बताउनुभयो ।

उहाँले माछाका भुरा पनि आफ्नै ‘स्टक’ राख्ने र आवश्यकपरे बेचबिखन गर्नेसमेत योजना रहेको सुनाउनुभयो । उहाँले त्यसका लागि पाँच पोखरी निर्माण गरिएको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा लागेपनि रोजगारी आवश्यक भएकाले कृषि पेसा अगालेको बताउनुभयो । “यो व्यवसाय पनि हो । सामाजिक क्षेत्रमा लागे पनि मान्छेलाई काम त चाहिन्छ । रोजगारको बाटो चाहिन्छ नै । तसर्थ कृषि पेसामा आवद्ध भएको हुँ’ उहाँले भन्नुभयो ।” उहाँले आफ्नो उक्त फर्मबाट स्थानीय १० जनाले रोजगार पाएको बताउँदै विस्तारै उक्त सङ्ख्या बढ्दै जाने बताउनुभयो ।

उहाँले उक्त फर्ममा करिब पौने तीन करोड लगानी लागिसकेको बताउनुभयो । “करिब पौने तीन करोड लगानी लागिसकेको छ, सबै बैंकबाट नै ऋण लिएर हो” उहाँले भन्नुभयो “अझै यसमा लगानी लाग्नेछ । बस्ने र स्टक घर बन्न बाँकी छ । बत्ती, सिसिटिभी क्यामेरा जडान गर्नुका साथै तारबार पनि गर्न बाँकी छ ।” उहाँले उक्त माछा पोखरीलाई नै भविष्यमा पर्यटकीयस्वरुप दिने किसिमको योजना सुनाउनुभयो ।

उहाँले कृषि पेसामा सरकारी तबरबाट आवश्यक मात्रामा सहजता हुन नसकेको बताउनुभयो । “म आफै पनि स्थानीय सरकारको नेतृत्व गरिरहेको छु, कृषि पेसामा पनि आवद्ध भएकाले यसका कठिनाई महसुस गरेको छु ” उहाँले भन्नुभयो “यसमा ठूलो लगानी गरेर काम गर्दा त यति समस्या छ भने सानो लगानी गर्नेलाई झन बढी समस्या छ । किसानले अहिले मलखाद पनि नपाएको समस्या छ । त्यसैले हामीले यस क्षेत्रको कृषिलाईमाथि उठाउनका लागि के गर्न सकिन्छ भनेर योजना बनाएका छौँ । त्यही अनुसार अगाडि बढ्छौँ ।”

बजारीकरणको समस्या

भारतबाट अवैध रुपमा भित्रिने माछाका कारण नेपालका माछा व्यवसायीलाई बजारीकरणको समस्या रहेको नगरप्रमुख भट्टले बताउनुभयो । “अहिले भारतबाट फर्मालिन प्रयोग गरेर अवैध रुपमा नेपालमा माछा भित्रिरहेका छन् । यसले गर्दा यहाँका उपभोक्ताको स्वास्थ्यमा समस्या ल्याइरहेको छ । अवैध रुपमा भारतबाट माछा भित्रिने गरेका कारण यहाँका माछा व्यवसायीले उचित मूल्य पाउन सकेका छैनन्” उहाँले भन्नुभयो । उहाँले अवैध रुपमा भित्रिने वस्तुको रोकथामका लागि प्रमुख जिल्ला अधिकारीसँग छलफल भए पनि नतिजा फलदायी हुन नसकेको बताउनुभयो ।

अवैध रुपमा भित्रिने माछाका कारण यस क्षेत्रका माछा व्यवसायी धरासायी हुने अवस्थामा रहेको उहाँको भनाइ रहेको छ । उहाँले सोही कारण स्थानीय किसानले लगानी नउठ्ने गरी माछा बेच्नुपर्ने बाध्यता रहेको पनि बताउनुभयो ।