२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपा र नेपाली सेनाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २८औँ महानगर दिवसका उपलक्ष्यमा ‘बृहत् स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण’ कार्यक्रम सञ्चालन गरिएको छ ।

दिवसका अवसरमा कामपा र नेपाली सेनाको सहकार्यमा आज र बिहीबार दुई दिन शहीद गेट नजिकै रहेको नेपाली सेनाको खेलमैदानमा शिविर सञ्चालन गरिएको हो ।

महानगर प्रमुख बालेन्द्र शाहले आज उद्घाटन गर्नुभएको सो शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड, बालरोग, आँखा रोग, नाक, कान, घाँटी रोग, नसा हाडजोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग र दन्त रोगको निःशुल्क परीक्षण तथा औषधी वितरण गरिनेछ । बिहान ८ देखि दिउँसो १२ बजेसम्म बिरामीको नाम दर्ता गर्ने र बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य परीक्षण गरिनेछ ।

काठमाडौँ महानगरपालिका बसोबास गर्ने सबै व्यक्तिलाई लक्षित गरेर सञ्चालन गरिएको शिविरमा अल्ट्रासाउन्ड, मुटुको भिडियो एक्स¬¬–रे, एक्स–रे र मोबाइल हस्पिटल ९भेहिकल० लगायतका मेडिकल उपकरण र साधन प्रयोग गरिएको छ । शिविरमा सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन अनुसारको औषधी वितरण गर्नाका साथै आवश्यकताअनुसार बिरामीको अन्य अस्पतालमा सिफारिस पनि गरिनेछ ।

कार्यक्रममा सेनापति प्रभुराम शर्मा, नेपाली सेनाका उच्च पदस्थ अधिकृत, कामपाका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।