२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनकै सरकार बन्छ: प्रचण्ड



अ+ अ-

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।

बुधबार आफ्नो जन्मगाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयको कार्यक्रममा आउनुभएका अध्यक्ष प्रचण्डले अहिले नै सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश पाइनसकेको बताउनुभयो ।

आवश्यक परे माओवादीले पनि सरकारको नेतृत्व लिने अवस्था आउनसक्ने उहाँको भनाइ थियो । अहिले सरकार गठनको विषय चलिरहेको भन्दै उहाँले भन्नुभयो, “ तर नेपाली कांग्रेसको संसदीय दलको नेता को हुन्छ भन्ने विषय महत्त्वपूर्ण रहेको छ ।”

अध्यक्ष प्रचण्डका अनुसार नेपाली कांग्रेसको संसदीय दलको नेता चुनिएपछि सरकार गठनको विषयले तीव्रता पाउने र आइपरे माओवादी पनि सरकारको नेतृत्व लिन तयार हुनुपर्ने बताउनुभयो ।