३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी टेबल गरिनु आपत्तिजनकः भीम रावल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद भीम रावलले एमसीसी टेबल गरिनु आपत्तिजनक रहेको बताउनुभएको छ। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रावलले भन्नुभयो, ‘एमसीसीजस्तो गम्भीर विषयमा प्रमुख विपक्षी एमालेले संसद अवरोध गरिरहेको अवस्थामा सरकारमा रहेका दलहरुबीचमा पनि सहमति नभएको अवस्थामा यसरी नेपाली जनताको भावना विपरित, नेपालको स्वाधिनता विपरित, जनता सडकमा रहेको अवस्थामा एमसीसी टेबल गरिने कुरा अत्यन्त आपत्तिजनक छ।’ 

यस्तै, सरकारले संघिय कानुन कार्यान्वयनमा किन नल्याएको भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘अहिले सभामुखले कार्यसुचीमा जुन विषय राख्नुभएको छ, यो कुन कानुनअन्तर्गत राख्नुभएको छ ? यसको लागि संघिय कानुन खोइ ? यो देश कानुनबाट चल्छ कि विदेशीको धाक धम्कीबाट चल्छ ?’ रावलले प्रश्न गर्नुभयो ।