• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

जुवा तथा सट्टेबाजीमा रकम राख्नेको बैंक खाता रोक्का हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाईन कारोबार मार्फत सट्टेबाजीमा संलग्न व्यक्तिरसमूहरसंस्थालाई कारबाही गर्ने भएको छ ।

पछिल्लो समय विश्वकपमा बाजी राख्ने र विद्युतीय माध्यममार्फत गैर कानूनी भुक्तानी बढेको आंशकामा केन्द्रिय बैंकले यस्ता क्रियाकलापमा सहभागि हुनेको बैंक खाता, मोबाइल वालेट लगायतका कारोबार बन्द हुने बताएको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तिय संस्थाले जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमहरु बन्द गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।