५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारकेश्वर घटना: सविन फुयाललाई न्यायको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन



अ+ अ-

काठमाडौं । टिपरले ठक्कर दिएर घाइते भएका सविन फुयाँललाई आक्रमण गरी हत्या गरेको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ३ मा टिपरको ठक्करबाट घाइते भएका त्रिचन्द्र क्याम्पसका विद्यार्थी फुयाँलको टिपरका चालकलगायतले हत्या गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज बिहान र्यार्ली निकालेर प्रदर्शन गरेका हुन् ।

तारकेश्वर नगरपालिका ३, पाँचमाने निवासी २१ वर्षीय फुयाँललाई मंसिर २५ गते राति ९ बजे बा ५ख ६७७९ नम्बरको महालक्ष्मी एण्ड बलामी सप्लायर्सको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट घाईते फुयाँलको चालकलगायतले घाँटीमा साबेलले आक्रमण गरेर हत्या गरेको पीडित परिवारको दाबी छ ।

पीडितको परिवारले सबिनलाई ठक्कर दिएपछि कर्तव्य गरेर मारेको भन्दै दोषीलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने माग राखेका छन् । उनिहरुको अनुसार दुर्घटनास्थलभन्दा करिब २० मिटर पर बालुवामा सबिनको शव गाड्न लाग्दा स्थानीयले देखेपछि टिपरवालाहरु भागेका थिए।

प्रहरीले अनुसन्धानको लागि महालक्ष्मी एण्ड बलामी सप्लायर्सका सन्चालक र उनका भाइलाई नियन्त्रणमा लिएको छ । तर, टिपर चालक, सहचालक लगायतका व्यक्ति भने फरार रहेका छन् ।