२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई यो टिममा विश्वास थियोः मेसी



अ+ अ-

काठमाडौँ । लियोनल मेसी प्रेरित अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

लुसेल रङ्गशालामा गएराति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनायो । खेलमा मेसीले एक गोल तथा एक असिस्ट गरे । दुई गोल युलियन अल्भारेजको नाममा रह्यो ।

मेसीले जारी प्रतियोगितामा ५ गोल गर्दै सर्वाधिक गोलकर्तामा फ्रान्सका किलीयन एम्बाप्पेसँग बराबरी पनि गरे । उनी अर्जेन्टिनाका लागि ११ गोलका साथ विश्वकपको सर्वाधिक गोलकर्ता समेत बने ।

खेलपछि मेसीले आफूलाई टिममा विश्वास रहेको बताए । उनी भन्छन् – ‘मलाई थाहा छैन यो मेरो उत्कृष्ट विश्वकप हो या होइन । लामो समयदेखि यो खेलमा रमिरहेको छु । हामी अन्त्यसम्म जान सक्छौं भनेर मलाई यो टिममा विश्वास थियो । हामीलाई आफ्नो क्षमता थाहा छ र मात्र विश्वास गरिदिन आग्रह गर्दछौँ,’

उनी अगाडी भन्छन् – ‘हामी कठिन परिस्थितिको सामना पार गरेर यहाँ आइपुगेका छौं । आज हामी एकदम राम्रो अवस्थामा छौं । र यो खुसी अर्जेन्टिनी समर्थकसँग साट्न चाहन्छौं । अहिले अर्जेन्टिनामा कस्तो अवस्था होला सम्झेर म एकदमै हर्षित छु,’

अब अर्जेन्टिनाले उपाधिका लागि आज राति हुने फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ ।