५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा



अ+ अ-

काठमाडौँ । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल अन्तर्गत भर्खरै सम्पन्न खेलमा क्रोएसियालाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन युलियन अल्भारेजले दुई तथा लियोनल मेसीले एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि अर्थात् ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । उनले सेन्टरबाट एक्लै बल लगेर गोल गर्न सफल भए ।

६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । उनलाई मेसीले पास उपलब्ध गराए । अब अर्जेन्टिनाले उपाधिका लागि भोलि हुने फ्रान्स र मोरक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

यसैबीच, मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने जर्मनीका लोथार माथेसको कीर्तिमानलाई बराबरी गरेका छन् । विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान माथेसको नाममा थियो । उनले विश्वकपमा २५ खेल खेलेका थिए । क्रोएसियाविरुद्ध मैदानमा उत्रिदै मेसीले यो कीर्तिमानको बराबरी गरेका हुन् ।