१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १७  जनाको मृत्यु भएको छ ।

वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा मंगलबार साँझ ६ बजेतिर बा ३ ख ४३८५ बस दुर्घटना भएको हो । बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो ।

दुर्घटनामा २० जना गम्भीर घाइते भएका छन् ।घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ ।