२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुँदा आज एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले पूर्वबाट पश्चिमतर्फ आइरहेको से ७ प २८४२ नं को मोटरसाइकल अनियन्त्रित भई चालक कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको जानकारी दिनुभयो ।

“दुर्घटनामा परी घाइते भएका ऐरको उपचारका क्रममा केहीबेर अघि महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।”

प्रहरी निरीक्षक गिरीले भन्नुभयो, “प्रारम्भिक जानकारी अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुन पुगेको खबर छ, अहिले शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।” प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।