५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मन राजदूतको अनौठो शौख, साइकल चढेर ढाका प्रस्थान



अ+ अ-

काठमाडाैंः नेपालका लागि आवासीय कुनै विदेशी मुलुकको राजदूत साइकल चढेर दक्षिण एसियाली मुलुकको कुनै देशतर्फ गएको यहाँलाई थाहा छ ?

तर यसपटक यस्तै अनौठो घटना भएको छ । नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज अहिले साइकल चढेर नेपालका पहाडी, मैदानी भाग छिचोल्दै भारतको बाटो भएर बंगलादेशको राजधानी ढाकातर्फको यात्रामा हुनुहुन्छ ।

Image

उहाँ आगमी डिसेम्बर २५ मा मनाइने इसाईहरुको चाड क्रिसमस ढाकामा मनाउने सोचमा हुनुहुन्छ ।

उहाँले सामाजिक संजाल ट्वीटरमा आफूले यसपटक ८५० किलोमिटर साइकल यात्रा गर्ने र क्रिसमससम्ममा ढाका पुग्ने सोचाई बनाउनु भएको उल्लेख छ ।

Image

आज सोमबार पहिलो दिन उहाँले ७६ किलोमिटर यात्रा गरेर हेटौंडा पुगेको विवरण पनि ट्वीटरमा लेख्नु भएको छ । पहिलो दिन निकै उबडखाबड तर मनोरम दृश्यबाट आफू अति प्रसन्न भएको र बाटोको थकाई सबै बिर्सिएको पनि उहाँले बताउनु भएको छ ।

Image

Image

Image

तस्वीरहरूः जर्मन राजदूतको ट्वीटरबाट