१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको प्रश्न – ओली, प्रचण्ड र माधव नेपाल मुर्दावाद भन्न सक्नुहुन्छ ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले एमसीसी टेबल गर्नु राष्ट्रघाती हो भनेर विरोध गर्नेलाई आफ्नै नेताविरुद्ध पनि नारा लगाउन चेतावनी दिएका छन्। 

आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गर्दा उनले यस्तो चेतावनी दिएका हुन्।  ‘सांसद भीम रावलले संसद्‌मा जसरी एमसीसी राष्ट्रघाती भन्नु भयो , यो एमाले अध्यक्ष केपी शर्मा ओलीको समयमा संसद्‌मा पेस भएको हो के उहाँ केपी ओली मुर्दावाद भन्नेर संसद्‌मा नारा लगाउन सक्नुहुन्छ ?’ थापाले प्रश्न गरे। 

त्यस्तै, महामन्त्री थापाले विरोधमा उत्रिएका माओवादी नेताहरुले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध र एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष माधव नेपालविरुद्ध यस्तै नारा लगाउन सक्छन् भनी प्रश्न गरे। 

अब बस्ने फागुन १२ गतेको संसद् बैठकमा छलफल गरेर मतदानबाटै एमसीसी टुंगो लाग्ने थापाको भनाई छ।