५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुलसालय आश्रमलाई सहयोग



अ+ अ-

भक्तपुर । सानीमा लाइफ इन्सोरेन्स कम्पनीले आफनो पाँचौँ वार्षिकोत्सवका अवसरमा भक्तपुरको चाँगुनारायणस्थित तुलसादेवी हरिहर फाउण्डेसनद्वारा सञ्चालित ‘तुलसालय आश्रम’लाई खाद्यान्न सहयोग गरेको छ ।

सानीमा लाइफ इन्सोरेन्स कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तुलसालय आश्रममा दाल, चामल, तेललगायत खाद्यान्न सामग्री हस्तान्तरण गरेको कम्पनीका क्षेत्रीय प्रमुख नरेशकुमार थापाले जानकारी दिनुभयो । उहाँले आफनो कम्पनीको स्थापना दिवसको अवसरमा उपत्यकामा मात्र नभइ सातै प्रदेशमा यस किसिमको सहयोग गरिएको बताउनुभयो । आगामी दिनमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिइने प्रमुख थापाले उल्लेख गर्नुभयो ।

तुलसालय आश्रमका सञ्चालक बिमल काफलेले सानीमा लाइफ इन्सोरेन्सको सहयोगले आफनो संस्थालाई थप ऊर्जा मिलेको बताउनुभयो । कार्यक्रममा सानीमा लाइफ इन्सोरेन्स नयाँ बानेश्वर शाखाका प्रमुख मनोजकुमार शाह, एमडिआरटी च्याङ्बारानी तामाङ, एजेन्सी म्यानेजर कौशल कुश्वाहालगायतको सहभागिता थियो । तुलसालय आश्रमले विभिन्न क्षेत्रका अनाथ बालबालिकाको हेरचाह गर्दै आएको छ । रासस