२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

“बाँचेपनि तिम्रै साथमा, मरे सँगै धर्ती छोडौँला” (भिडियो सहित)



अ+ अ-

काठमाडौं । संयोग पनि अनौठौ नै हुँदा रहेछ । मंगलबार राती झापाको दमक नगरपालिका–४ स्थित चियादोकान सडकखण्डमा  ट्रकको ठक्करबाट एक दम्पतीको मृत्यु भयो । कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी श्रीमती ३६ वर्षीया भीमा विष्टले दुर्घटनमा जीवन गुमाउनु भयो ।

केही दिन अघि मात्र यो दम्पतीले बाँचेपनि तिम्रै साथमा ‘, मरे सँगै धर्ती छोडौंला भन्ने गितमा टिकटक बनाएर पोष्ट गरेका थिए । टिकटक बनाएको केही समय पछि नै यस्तो अवस्था आउला भन्ने कल्पना त यो जोडीले गरेको थिएन तर भवितब्य त्यस्तै भएको छ ।

झापाका स्थानिय तथा काग्रेस प्रबक्ता एवं विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लेख्नु भएको छ – "जीवन गुमाउने कल्पना यो जोडीलाई पक्कै थिएन, यो प्रेमिल जोडीको आत्माको मिलन होस् स्वर्गमा, परिवारजनमा गहिरो समवेदना ।"