१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

विश्वकप खेलिरहेका इंग्ल्याण्डका स्टार खेलाडीको घरमा डकैती, कतार छाडेर घर फर्किए

विश्वकप खेलिरहेका इंग्ल्याण्डका स्टार खेलाडीको घरमा डकैती, कतार छाडेर घर फर्किए
अ अ+ अ-

एजेन्सी । इंग्ल्याण्ड फुटबल टिमका अनुभवी खेलाडी रहिम स्टर्लिङ टोली छाडेर स्वदेश फर्किएका छन् । रहिमको घरमा केही हतियारधारी व्यक्ति घुसेका थिए ।

यसपछि उनले टोली छाडेर कतारबाट स्वदेश फर्कने निर्णय गरेका छन् । उनको टोली क्वार्टरफाइनलमा शक्तिशाली फ्रान्ससँग भिड्दै छ र महत्वपूर्ण खेलका लागि स्टर्लिङ उपलब्ध हुनेमा शंका छ ।

उनी यो महत्वपूर्ण खेलबाट बाहिर रहन सक्छन् । यो खेल शनिबार हुनेछ । यद्यपि, स्टर्लिङले घर गएर कतार फर्कने समय भने पाउनेछन् ।

इंग्लिस फुटबल एसोसिएसनले चेल्सीका फरवार्डलाई पारिवारिक मामिला सुल्झाउन समय दिएको खुलासा गरेको छ । यही कारणले सेनेगलविरुद्धको खेलमा उनले खेलेका थिएनन् । उनको टोलीले खेल ३–० गोलले जित्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।

बेलायती सञ्चारमाध्यमका अनुसार शनिबार राति उनको परिवार त्यहाँ रहेको बेला स्टर्लिङको घर घुसपैठिले तोडफोड गरेका थिए । इङ्ल्यान्डका प्रबन्धक ग्यारेथ साउथगेटले भने, ‘अहिलेको प्राथमिकता उसको परिवारसँग हुनु नै हो । हामी उनलाई समर्थन गर्नेछौं र उनलाई जति समय चाहिन्छ त्यो दिनेछौं ।’

साउथगेटको ६ वर्षको कार्यकालमा स्टर्लिङ इंग्ल्याण्डका लागि महत्वपूर्ण खेलाडी थिए । २७ वर्षीय रहिमले आफ्नो देशका लागि ८१ खेलमा २० गोल गरेका छन् । २०२२ को विश्वकपमा इरानलाई ६–२ ले हराउँदा उनले पनि गोल गरेका थिए ।