२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा सरकारमा कहिले हुन्छ सहभागी, यस्तो छ बैठकको निर्णय



फाइल फोटो
अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने संकेत गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने निष्कर्ष निकालेको हो। 

‘सरकारमा कहिले सामेल हुने ? कसरी सामेल हुने ? के–कस्ता विषयहरुलाई ध्यान दिने ? लगायतका विषयमा आजको बैठकमा सैद्धान्तिक छलफल गरेका छौं । सरकारमा सामेल हुनेबारे सकारात्मक दृष्टिकोणहरु आएका छन्। तर यसबारे अन्तिम निर्णय लिन केही दिन लाग्ने देखिन्छ,’ खतिवडाले भने।

जसपाले थापालाई पार्टीको केन्द्रिय कार्यकारिणी समितिमा, पुरीलाई राजनीतिक समितिमा र बेगालाई केन्द्रिय कार्य समितिमा मनोनित गर्ने निर्णय पनि गरेको छ ।

जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक भोलि बिहीबार ११ बजे पुनः तुलसीलाल स्मृति भवनमा बोलाइएको छ ।