२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली नदी सीमामा सरकारको निरिहता वर्तमान पुस्तालाई स्वीकार्य छैन– रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नेपाल–भारत सीमा महाकाली नदीको वारितिर नेपाली नागरिकले दुःख पाउँदा पनि नेपाल सरकारले नजरअन्दाज गरेको घटनाप्रति असन्तुष्टि प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “त्यही महाकाली नदीमा तुइन तर्दा तर्दै तुइन काटिन्छ, खस्छन् ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा र हराउँछन् सधैँका लागि । त्यही महाकालीको किनारमा जबरजस्ती सडक बनाइरहँदा गरिएको बिष्फोटबाट आएको ढुंगाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महरा । त्यही महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउन थालिन्छ, प्रतिरोध गर्छन् नेपाली नागरिकले र उताबाट आएको ढुंगाले लागेर घाइते हुन्छन् खेल्दै गरेका चार जना बालबालिका । तर यी कुनै पनि कुरामा नेपाल सरकार देशले देख्ने गरी कहीँ कतै देखिँदैन ।”

वर्षौंको यो निरिहताको कारण के होला ? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नु भन्दा अर्को महत्वपुर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तराष्ट्रिय सन्धि सम्झौताका पाना पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ? भन्दै उनले प्रश्न गरेका छन् ।

आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु नभई कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई भन्दै उनले राज्य यस्तो हुन नहुने बताएका छन् ।

नेपाल सरकारको निरिहताको अर्थ अब खोज्नुपर्ने बेला आएको भन्दै उनले यस्तो निरिहताको निरन्तरता वर्तमान पुस्तालाई स्वीकार्य नभएको बताएका छन् । सरकार अब यसरी चल्नु हुँदैन भन्दै उनले यो निरन्तरको निरिहताको अर्थ अब खोज्नु पर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुरा गरौँ। दार्चुलामा भेट्ने हो कि काठमाडौँमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौँ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन।