४ आश्विन २०८१, शुक्रबार
,
Latest
‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के छ ? (पूर्णपाठ) सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) संविधानका प्रगतिवादी कुरालाई पश्चगामी ढंगले संशोधन गरे अर्को जनआन्दोलन हुन्छः झलनाथ खनाल नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजिनामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनल नजिक



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बुधवार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशमाथि ७ विकेट जित निकालेसँगै फाइनल नजिक पुगेको हो । सुदूरपश्चिमले सम्पन्न पाँच खेलमध्ये सबै खेलमा स्पष्ट जित निकालेको हो ।

सुदूरपश्चिमको अंक तालिकामा १० अंक भएको छ । लगातार पाचाँै जित निकाल्ने क्रममा स्पिनर नरेन साउदको पाँच विकेट र दीपक बोहराको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले पाचौं खेलमा पनि जित निकालेको हो । जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

सुदूरपश्चिमको जितमा दीपक बोहराले ५८ बलमा ६ चौका २ छक्कासहित सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले । अर्का ओपनर दीपक बोहरा २४ बलमा ६ चौकासहित २४ रनमा आउट भए भने गजेन्द्र बोहरा १० बलमा २ चौका र २ छक्कासहित २४ रन र अनुराग सिंह २ रनमा अविजित रहे । मधेसका अभिषेक तिवारीले सर्वाधिक दुई विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन जोड्नसक्यो । मधेसका अनिल अन्सारीले ५६ बलमा ५ चौकासहित सर्वाधिक ३२ रनको पारी खेल्दा चौथो नम्बरका ब्याटर इमरान शेख ३८ बलमा ५ चौकासहित २८ रन जोडे । कप्तान अभिषेक तिवारी शुन्य, राजेश यादव ६, नितेश यादव ४ र अब्जित मण्डल ६ रनमा आउट भए । बलिङतर्फ सुदूरपश्चिमका नरेन साउदले ९.१ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ५ विकेट लिए । युवराज खत्रीले ९ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले ६ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए । सुदूरपश्चिमले अब अन्तिम खेलमा शुक्रवार वागमतीसँग खेल्नेछ । उक्त खेलमा पराजित हुँदा पनि फाइनलमा पुग्नसक्छ ।

प्रतियोगिता अन्तर्गत बुधवार नै भएको मुलपानी मैदानमा लुम्बिनी प्रदेशले वागमती प्रदेशलाई ८५ रनले पराजित ग¥यो । जितका लागि लुम्बिनीले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको वागमती ३५.३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ४९ रन बनाउन सक्यो । वागमतीका लागि कप्तान अशोक पौडेलले ५४ बलमा ३१ रनको योगदान गरे । प्रतिक श्रेष्ठले २७ तथा रोशन विकले २३ रन बनाए । कसिलो बलिङ गरेको वागमतीलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका दुर्गेश गुप्ताले ४ विकेट लिए । अभिषेक गौतम र तुलबहादुर थापाले समान २÷२ तथा नर शार्की र निर्मल गुरुङले समान १/१ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो । लुम्बिनीका लागि देव खनालले ५४ बलमा ४६ तथा आकाश त्रिपाटीले ७० बलमा ४० रन बनाए । दुर्गेश गुप्ताले २५ बलमा ३८ रन तथा तुलबहादुर थापाले २८ रन बनाए । विशाल भुषालले २० रन जोड्दा कप्तान विशालविक्रम केसीले ११ रन जोडे । वागमतीका लागि प्रतिक श्रेष्ठले ३ तथा अभिषेक कोईराला र ओमकार यादवले समान २/२ विकेट निकाले । अहमद राजा र योगेश भाटको नाममा समान १/१ विकेट निकाले ।

यससँगै वागमतीले एक खेल अगावै फाईनल पुग्ने अवसर गुमाएको छ । पाँच खेलमा ८ अंकका साथ वागमती दोस्रो स्थानमा रहेको छ । उता जित निकालेको लुम्बिनीको ४ खेलबाट ६ अंक भएको छ । प्रतियोगितामा बिहीवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरमा लुम्बिनी प्रदेश र प्रदेश १ बीच खेल हुनेछ भने मुलपानी मैदानमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ ।