२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेन र जर्मनीको बराबरी



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘ई’को खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् ।

भर्खरै सम्पन्न खेलमा दुबै टिमले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । स्पेनका लागि अल्भारो मोराटाले तथा जर्मनीका लागि निकलास फुल्कर्गले गोल गरे ।

खेलको छैटौं मिनेटमा ड्यानी ओल्मोले प्रहार गरेको बललाई जर्मनीका गोलकिपर म्यानुएल नोएरले उत्कृष्ट बचाउ गरे । यस्तै, ३६ औं मिनेटमा स्पेनका फेरान टोरेसले प्रहार गरेको बललाई जर्मनीका जमाल मुसियालाले डिफेन्ड गर्दै विफल पारे ।

खेलको ४० औं मिनेटमा जर्मनीका एन्टोनियो रुडिगरले गरेको गोलले मान्यता पाएन । भीएआरको सहायताले उनले गरेको गोलले मान्यता दिलाएन । उनी अफसाइड रहन पुगे ।

५६ औं मिनेटमा जर्मनीका जोसुआ किमिकले प्रहार गरेको बललाई स्पेनका किपर युनाइ सिमोनले बचाउ गरे । ६१ औं मिनेटमा बैकल्पिक खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए ।

७३ औं मिनेटमा जर्मनीले बराबरी गर्ने अवसर गुमायो । मुसियाला स्पेनका किपर सिमोनसँग वान टु वान रहेर पनि गोल गर्न सकेनन् । ८३ औं मिनेटमा फुल्कवर्गले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए ।

बराबरीसँगै स्पेन २ खेलबाट ४ अंकसहित तालिकाको शीर्षस्थानमा रहँदा समान खेलबाट १ अंक जोडेको जर्मनी पुछारमा छ । यस्तै ३ अंक रहेको जापान र कोस्टारिका क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।