२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनाले मेक्सिकोलाई हरायो



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले पहिलो जित निकालेको छ ।

लुसाएल स्टेडियममा भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले पराजित गरेको हो । अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेसी र एन्जो फर्नान्डेजले गोल गरे ।

दुबै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ६४ औं मिनेटमा मेसीले डी–बक्स बाहिरबाट सुन्दर गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । यस्तै, ८७ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

जितसँगै अर्जेन्टिना २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । २ खेलमा ४ अंकसहित पोल्याण्ड शीर्षस्थानमा रहँदा ३ अंकसहित साउदी अरेबिया तेस्रो तथा १ अंक जोडेको मेक्सिको पुछारमा रहेको छ ।