२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनाले मेक्सिकोलाई हरायो



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले पहिलो जित निकालेको छ ।

लुसाएल स्टेडियममा भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले पराजित गरेको हो । अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेसी र एन्जो फर्नान्डेजले गोल गरे ।

दुबै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ६४ औं मिनेटमा मेसीले डी–बक्स बाहिरबाट सुन्दर गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । यस्तै, ८७ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

जितसँगै अर्जेन्टिना २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । २ खेलमा ४ अंकसहित पोल्याण्ड शीर्षस्थानमा रहँदा ३ अंकसहित साउदी अरेबिया तेस्रो तथा १ अंक जोडेको मेक्सिको पुछारमा रहेको छ ।