२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको विकासमा सबै राजनीतिक दलसँग हातेमालो गर्दै अघि बढ्छु – नवनिर्वाचित सांसद थापा



अ+ अ-

भादगाउँ । भक्तपुर क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले जिल्लाको शिक्षा, स्वास्थ्य र समग्र विकास निर्माणका प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

थापाले निर्वाचित भएलगत्तै एक प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि सबैको साझा भएकाले सबै मतदतालाई आगामी दिनमा निष्पक्ष रही सेवा गर्ने र भक्तपुरको शिक्षा, स्वास्थ्य र समग्र विकास प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्दै सम्मुनत नेपाल बनाउने मूल ऐजेण्डालाई अनुमोदन गरेकामा भक्तपुरका आम मतदातालाई धन्यवादसमेत दिनुभएको छ ।

“मङ्सिर ४ गते सम्पन्न निर्वाचनमार्फत संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्दै सम्मुनत नेपाल बनाउने हाम्रो मूल एजेण्डालाई आफ्नो मतबाट अनुमोदन गर्दै लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराइदिनुभएकामा सबै मतदातामा हार्दिक आभार व्यक्त गर्दछु”, विज्ञप्तिमा उल्ल्ेख छ ।

थापाले भक्तपुरका मतदाताले गर्नुभएको विश्वासलाई एउटा जिम्मेवारीका रूपमा लिएको र सो जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्न प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

उहाँले निर्वाचनमा परिणामसम्म पु¥याउन विभिन्न तह र जिम्मेवारीमा रहेर मेहेनत गर्नुहुने गठबन्धनमा रहेका सबै राजनीतिक दलका टोल, वडा, नगर, प्रदेश, क्षेत्र र जिल्ला समिति, भातृ तथा शुभेच्छुक सङ्घसंस्थाका पदाधिकारी एवं सदस्य, आम जनसमुदाय, शुभेच्छुक तथा समर्थक र बुद्धिजीवी, मजदुर किसान वर्गको योगदानको उच्च कदर गर्दै आभारसमेत व्यक्त गर्नुभएको छ ।