१९ असार २०८३, शुक्रबार
,
Latest
विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले न एकता न बिभाजन, नेपालबाट समानान्तर कमिटी आह्वान



अ+ अ-

काठमाडौ । आन्तरिक कलहका कारण बिभाजनको डिलमा पुगेको नेकपा एमाले तत्काल बिभाजन नहुने भएको छ । पार्टी बिभाजन गरेर अघि बढ्ने तयारीमा रहेको बरिष्ठ नेता माधव नेपाल समुहले केही समय एमालेकै नाममा समानान्तर गतिबिधि सञ्चालन गर्ने तयारी गरेपछि तत्काल विभाजन नहुने भएको हो ।

नेता नेपाल निकट एक नेताका अनुसार सम्भवत सोमबार वा मंगलबार नेपालले नेता तथा कार्यकर्ताका लागि एक आह्वान पत्र जारी गर्ने तयारी गर्नुभएको छ ।आह्वान पत्रमा तल्ला कमिटीदेखि माथिल्लो तहसम्मका समितिहरुलाई समानान्तर रुपमा सञ्चालन गर्ने, पार्टीका गतिबिधि नियमित सञ्चालन गर्ने र तत्काल सरकारमा नजाने उल्लेख हुने ती नेताले जानकारी दिनुभयो ।

आफूपक्षका दोश्रो तहप्रति पुरै अविश्वास गर्नुभएका नेता नेपालले तेश्रो पुस्ता र भातृ संगठनको बलमा आफु अघि बढ्न खोज्नुभएको तर केही समय आवश्यक पर्ने भएका कारण तत्काल समानान्तर गतिविधि सञ्चालन गर्ने निष्कर्षमा पुग्नुभएको ती नेताले जानकारी दिनुभो । नेता नेपालले आफु निकट नेताहरुसँग भन्नुभयो– खै ? कसको विश्वास गर्नु ? मेरो मान्छे भनेर कुरा गर्न पठायो उल्टै ओलीको पक्षमा कुरा ल्याएर आउँछन्, यी मेरा मान्छे हुन् कि ओलीका हुन् यीनले पो हैरान बनाए ।

उहाँले पछिल्लो समय अष्टलक्ष्मी शाक्य, भिम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, भीम आचार्य लगायतका नेताहरुप्रति असन्तुष्ट रहनुभएका नेता नेपालले आफनो नजिकको नातेदार तथा नेता सोम पाण्डेसँग पनि असन्तुष्ट रहनुभएको ती नेताले जानकारी दिनुभयो । केही समयअघि नेता नेपाल निकट नेताहरुको छलफलमा नेता अमृत बोहराको भूमिकाप्रति नेपाल झनै सशंकित हुनुभएको थियो ।

स्रोतले भन्यो ‘बैठकमा नेता बोहोराले भन्नुभयो– म अनुशासन आयोगको अध्यक्षका हैसियतमा भन्छु तपाईं तत्काल ५ दलीय गठबन्धनबाट बाहिर आउनुहोस ।’बोहोराको त्यो अभिब्यक्तिपछि नेपाल निकै दवाबमा पर्नुभएको ती नेताले जानकारी दिनुभयो ।