२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश फ्रेन्ड्स क्लबमा अनुबन्धित



अ+ अ-

काठमाडौं। कुपन्डोलको फ्रेन्ड्स क्लबले मिडफिल्डर प्रकाश बुढाथोकीलाई अनुबन्धित गरेको छ ।

सहिद स्मारक ए डिभिजन क्लब फ्रेन्ड्सले सोमबार राष्ट्रिय टोलीका मिडफिल्डर प्रकाशलाई अनुबन्ध गरेको जानकारी दिएको हो । 

फ्रेन्ड्सले नयाँ सिजनको ए डिभिजन लिगका लागि प्रकाशलाई टिममा अनुबन्ध गरेको हो ।

ए डिभिजन लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।

प्रकाशले टिमको कप्तानीको जिम्मेवारी समेत सम्हाल्ने भएका छन् । 

प्रकाशले अघिल्लो सिजनको लिग न्युरोड टिम एनआरटीबाट खेलेका थिए भने त्यसअघि उनी मनाङको टिममा थिए ।त्यस्तै उनीसँग थ्री स्टार क्लबबाट समेत खेलेको अनुभव छ ।