२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतपरिणाम एमालेको पक्षमा आउँछ :ईश्वर पोखरेल



अ+ अ-

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गर्नुभएको छ ।

आज बिहान ८ः ३० बजे मतदान पोखरेलले गर्दै चुनावी अभियानका क्रममा मतदाताहरुले प्रकट गरेको उत्साह मतदानमा पनि प्रकट हुने बताउनुभयो । उहाँले मतपरिणाम नेकपा (एमाले)को पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचित भएपछि के गर्नुहुन्छ भन्ने संचारकर्मीहरुको प्रतिक्रियामा पोखरेलले आफूले पार्टीको केन्द्रीय घोषणा पत्र र काठमाडौं क्षेत्र नम्बर ५ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका २८ वटा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने बताउनुभयो ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २०७४ सालको निर्वाचनमा भारी मतान्तरका साथ काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको थियो ।