१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा मतदान स्थलको सम्पूर्ण तयारी पूरा



अ+ अ-

सुर्खेत । सुर्खेतमा भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर १२ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ज्यामिरेमा मतदान केन्द्रको निर्माण कार्य सम्पन्न भएको हो । कुल २ हजार ५७९ मतदाताहरु रहेको गुर्भाकोटमा निर्वाचन सम्पन्न गर्न ३ वटा मतदान केन्द्र बनाइएको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ज्यामिरे केन्द्र (ख) का मतदान अधिकृत राजेन्द्र पौडेलले बताउनु भयो । उहाँले निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र मतदान स्थल रोगी, वृद्धवृद्धा, गर्भवती, कृयापुत्री, शारीरिक अशक्ततामैत्री बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर १२ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ज्यामिरे केन्द्र (ख) मा छौँ । हामीले भोलिको निर्वाचनको लागि सम्पूर्ण तयारी गरिसकेका छाै । २,५७९ मतदाता, ३ वटा मतदान केन्द्र, हामीले मतदान स्थल रोगी, वृद्धवृद्धा, गर्भवती, कृयापुत्री, शारीरिक अशक्ततामैत्री बनाएका छौँ ।’

निर्वाचन आयोगले भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयाी पूरा भएको जनाएको छ । यता गृह मन्त्रालयले पनि निर्वाचनको सबै तयारी सकिसकेको र निर्वाचन भयरहीत, स्वतन्त्र र निष्पक्ष एवं विश्वसनीय बनाउन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ ।