२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । मंगलबार दिउँसो १ बजे संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक बस्ने भएको हो । 

संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६÷०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।  

यस्तै तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । हाल नेपाल काँग्रेसमा रहेका सिंह ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।