१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिचौलिया र अल्छीहरूको स्वार्थ मिल्यो, मेरो सरूवा भयोः डाक्टर गौतम



अ+ अ-

काठमाडौ  । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा हुनु भएका डाक्टर जागेश्वर गौतमले वीर अस्पताल भित्रका बिचोलियाहरुका कारण आफ्नो सरुवा भएको बताउनुभएको छ ।

न्युजपोलारसँग कुरा गर्दै डा गौतमले केही निजी अस्पतालका बिचौलिया र अस्पतालकै अल्छी डाक्टर र कर्मचारीहरुले आफनो सरुवा गराएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– म पनि काम गर्ने मान्छे अल्छी तथा कामचोहरुलाई काम गर्नुपर्दा गा¥हो भयो सरुवा गराउन लागे ।

दुई सय सैयाको आईसियू सञ्चालन गर्ने तयारीदेखि नै अबरोध भएको उहाँले बताउनुभयो । वीर अस्पताललाई राम्रो बनाउन लाग्दा धेरैको आँखा लाग्यो अस्पतालदेखि मन्त्रालयसम्म बिचौलया सक्रिय भए त्यसैको परिणाम सरुवा हो गौतमले भन्नुभयो ।    

निजी अस्पताल सञ्चालकहरु वीर अस्पताल राम्रो होस भन्ने चाहँदैनन् त्यसैले जोसुकै आएर सुधार गर्न खोजे पनि अबरोध हुने डा गौतमले बताउनु भयो । आफूले जिम्मेवारी सम्हालेपछि कार्यलय समयमा नआउने माथि कडाई गरेको, गर्नुपर्ने काम नगर्नेहरूलाई काममा बाध्य पारेको उहाँले बताउनुभयो ।

हटाउन सक्रिय थिए उनिहरुको उदेश्य पुरा भयो गौतमले भन्नुभयो । बिचौलिया र अल्छीहरूको स्वार्थ मिल्यो  मेरो सरूवा भयो,’ डाक्टर गौतमले भने– केपी ओली नेतृत्वको सरकारले गौतमलाई १४ महिनाअघि प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय सरूवा गरेको थियो ।

गौतमले केही समय मन्त्रालयको प्रवक्ताको रुपमा पनि काम गर्नुएको थियो । तत्कालीन सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेपछि गौतमलाई त्यहाँको प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेबारी दिईएको थियो ।

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएपछि  सोमबार उहाँलाई थापाथलीस्थित प्रसुति तथा स्त्री रोग अस्पताल सरूवा गरिएको थियो ।