२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्नुपर्छ : सांसद झाँक्री



अ+ अ-

काठमाडौं । नेकपा एमालेकी सांसद तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले वर्तमान सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्ने जिम्मेवारी पनि लिनुपर्ने धारणा राखेकी छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने दायित्व मात्र बोकेर नपुग्ने भन्दै अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार गर्नुपर्ने अभिव्यक्ती दिएकी हुन् । 

अघिल्लो सरकारले झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्न पाउने गरी गरेको निर्णय खारेज गर्नुपर्ने कुरा पनि उनले संसदमा उठाइन् । 

नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै अघिल्लो सरकारले तुइन एरा सिद्धियो भनेर गफ दिएको तर दार्चुलामा तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको समेत बताइन् ।