१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोज मसान्तसम्म एकतिहाई नागरिकलाई खोप उपलब्ध हुन्छः मन्त्रालय



अ+ अ-

काठमाडौं । सरकारले कुल जनसंख्याको एक तिहाई जनसंख्यालाई असोज मसान्तसम्म खोप लगाईसक्ने जनाएको छ । 

यसैगरी कुल जनसंख्यालाई चैत्र मसान्त सम्म खोप लगाईसक्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल सम्म ५६ लाख बयासी हजार ६ सय २७ नागरिकले खोप लगाईसकेको छन् । 

मन्त्रालयका अनुसार आश्विन मसान्त सम्म आयत हुन लागेको खोप दुई करोड ४३ लाख रहेको छ ।  यसै अन्तरगत कोभ्याक्स सुबिधा अन्तरगत १ करोण १३ लाख , कोभ्याक्सको लागत सुबिधा अन्तरगत १ करोड  १० लाख  गरी २ करोड २३ लाख गरी कुल ४ करोड ६६ लाख खोप आवश्यक पर्ने जनाएको छ ।  

मन्त्रालयका अनुसार वयस्क तथा किशोर किशोरी समेतलाई लक्षित गरी  मोर्डना खोप  ४० लाख , जोनसन एण्ड जोनसन खोप ५० लाख , फाईजर को ४० लाख , अस्ट्राजेनिका २० लाख  गरी १ करोड  ५० लाख  खरिद गर्न लागिएको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसरा नेपालमै व्यावसायिक रुपमा उत्पादनका सम्भावनामाथी पनि अध्यायन भै रहेको पनि जनाएको छ । मन्त्रालयका अनुसार फाईजर ६० लाख खोप खरिदको प्रक्रिया पनि अघि बढाउने तयारी भै रहेको छ ।