२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोज मसान्तसम्म एकतिहाई नागरिकलाई खोप उपलब्ध हुन्छः मन्त्रालय



अ+ अ-

काठमाडौं । सरकारले कुल जनसंख्याको एक तिहाई जनसंख्यालाई असोज मसान्तसम्म खोप लगाईसक्ने जनाएको छ । 

यसैगरी कुल जनसंख्यालाई चैत्र मसान्त सम्म खोप लगाईसक्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल सम्म ५६ लाख बयासी हजार ६ सय २७ नागरिकले खोप लगाईसकेको छन् । 

मन्त्रालयका अनुसार आश्विन मसान्त सम्म आयत हुन लागेको खोप दुई करोड ४३ लाख रहेको छ ।  यसै अन्तरगत कोभ्याक्स सुबिधा अन्तरगत १ करोण १३ लाख , कोभ्याक्सको लागत सुबिधा अन्तरगत १ करोड  १० लाख  गरी २ करोड २३ लाख गरी कुल ४ करोड ६६ लाख खोप आवश्यक पर्ने जनाएको छ ।  

मन्त्रालयका अनुसार वयस्क तथा किशोर किशोरी समेतलाई लक्षित गरी  मोर्डना खोप  ४० लाख , जोनसन एण्ड जोनसन खोप ५० लाख , फाईजर को ४० लाख , अस्ट्राजेनिका २० लाख  गरी १ करोड  ५० लाख  खरिद गर्न लागिएको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसरा नेपालमै व्यावसायिक रुपमा उत्पादनका सम्भावनामाथी पनि अध्यायन भै रहेको पनि जनाएको छ । मन्त्रालयका अनुसार फाईजर ६० लाख खोप खरिदको प्रक्रिया पनि अघि बढाउने तयारी भै रहेको छ ।