११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालले बोलाए आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) नेता माधवकुमार नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । सरकारमा संलग्न हुनका लागि गठबन्धन दलहरूको दबाब झेलिरहेका बेला नेता नेपालले पार्टी एकता र सरकार लगायतका विषयमा छलफल गर्नको लागि बुधबार बिहान ११ बजे बस्ने गरी आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । 

बैठक बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा भोली (बुधबार) बस्नेछ । नेता नेपालले हिजो (सोमबार) पनि आफूनिकट स्थायी कमिटीका नेताहरूसँग छलफल गरेका थिए ।

छलफलमा नेता नेपालले पनि सम्मानजनक र सुव्यस्थित ढंगले पार्टी एकता होस् भन्ने चाहना राखेको बताएका थिए । नेता नेपालले यसबारे केन्द्रीय तहका नेताहरूको पनि धारणा बुझ्न बैठक बोलाएका हुन् ।