२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईद्वारा नेपाललाई १९२ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौँ । नेपाललाई संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । भर्खरै सम्पन्न पहिलो इनिङमा युएईले ४३.२ ओभरमा सबै विकेट गुमाई १९१ रन बनाएको छ ।

कीर्तिपुर खेल मैदानमा दोस्रो एक दिवसीय खेलमा टस जितेर युएईले ब्याटिङ गरेको थियो । युएईका लागि ओपनर ब्याटरद्वय मुहम्मद वासिम र वृत्य अरविन्दले ११.५ ओभरमा ७२ रनको साझेदारी गरेका थिए । वासिमले ४६ बलमा ३ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए भने अरविन्दले २५ रन जोडे ।

त्यस्तै कप्तान चुङ्दागापोइल रिजवानले २२, आलिशान सराफूले ३५, विष्णु सुकुमारनले १५ र बसिल हमिदले २४ रन बनाए ।

बलिङतर्फ आज नेपालका सोमपाल कामीले ७.२ ओभरमा ३५ रन दिँदै ३ विकेट तथा ललित राजवंशीले १० ओभरमा ४१ रन दिएर समान ३ विकेट लिए । अन्य बलरहरुमा करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए ।

तीन खेलमध्ये पहिलो एक दिवसीय खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको थियो । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।




भर्खरै