२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको वुहानमा फेरि फैलियो कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको उत्पत्ति भएको मानिने चीनको हुवेई प्रान्तस्थित वुहान सहरमा पुनः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको छ । 

कोरोना बढेसँगै सरकारले वुहानका सबै मानिसको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।

वुहानमा एक वर्षभन्दा लामो समयपछि पहिलोपटक स्थानीय संक्रमित फेला परेका हुन् ।

पछिल्लो १० दिनमा चीनमा ३०० भन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।

मंगलबार मात्र चीनमा ९० नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये ६१ स्थानीय संक्रमित थिए ।