२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पक्षको केन्द्रीय समितिको बैठक आजका लागि रोकियो , सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिदै



अ+ अ-

 काठमाडौ ।  नेकपा एमाले माधब नेपाल समूहले बुधबारका लागि बोलाएको  आफूपक्षका नेताहरुको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।  आन्तरिक तयारी नपुगेको भन्दै बैठक स्थगित भएको भएको सुचना मंगलबार साझँ केन्द्रीय सदस्यहरुलाई पठाईएको नेपालको सचिवालयमा कार्यरत एक नेताले जानकारी दिनुभयो ।  ती नेताका अनुसार जिल्ला जिल्लामा रहेका सबै सदस्यहरु लाई बैठकमा सहभागी हुन खबर पठाईएको छ ।

सम्भवत: बिहिबार काठमाडौको बुद्धनगर स्थित एक  पार्टी प्यालेशमा बैठक बस्न सक्छ । यस पटक को बैठक निर्णायक हुने भन्दै एक केन्द्रीय सदस्यले भने  नेता नेपाल सहित कार्यदलमा रहेका सदस्यहरु संग हाल सम्मको अबस्था र अबको बाटो बारे ठोस निर्णय हुन्छ ।  ती नेताका अनुसार दुई अध्यक्ष बनाएर दुबैको हस्ताक्षरले बैधानिकता पाउने अबस्थामा मात्र एकता हुन्छ नत्र अलग पार्टी बनाएर जाने कुरा अघि बढ्छ ।

 बिभिन्न निकायमा निर्बाचित पदाधिकारीहरुको पद जोगाउने बिषय मुख्य चुनौति रहेको भन्दै त्यसको उपाए खोजी भै रहेको ती नेताले जानकारी दिनुभयो ।  दुई नेताको हस्ताक्षर सहित को एकता नभए  आफू पक्षमा जति सक्यो धेरै सासद र केन्द्रिीय सदस्यको हस्ताक्षर जम्मा पार्ने र लगत्तै राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गरेर नयाँदल क्रियाशिल हुने पनि उहाँले जानकारी दिनुभयो । अध्यादेश जारी गर्दा बिरोध हुदै गर्छ तर जारी हुन्छ  त्यस पछि मात्र सरकारले पूर्णता पाउछ त्यस बेला सम्म सरकारले पूर्णता पाउदैन  ।