१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनोद चौधरीको चुनावी घरदैलो– तस्बिरहरु



अ+ अ-

नवलपरासी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तिब्रता दिनुभएको छ ।

नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहनुभएका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तिब्रता दिनुभएको हो ।

चुनावी घरदैलोका क्रममा उहाँले विकासका लागि राजनीतिमा आएको बताउनु भयो । उद्योगपतिसमेत रहनुभएका काँग्रेस नेता चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताउनु भयो । उहाँले विकासको लागि आफ्नो जित आवश्यक रहेका र मतदाताहरुले पनि यसपटक आफूलाई रुचाएको बताउनु भयो ।

काँग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेसँगै नवलपरासी–१ का मतदातामा उत्साह देखिएको छ ।