१७ आश्विन २०८१, बिहीबार
,
Latest
रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण राजदेवी मन्दिर डुबानमा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलाले पुर्यो बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय ग्लोबल बैंकले ल्यायो सेयर धितो कर्जा लिन मिल्ने डिजिटल प्लेटफर्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय जोडिएका जुम्ल्याहाले कालो चस्मा लगाएर गोपनीयताका लागि मतदान गरे



अ+ अ-

अमृतसर (भारत) । उत्तरी भारतमा पहिलो पटक मतदान गर्दा अर्कोले कसलाई भोट दिएको देख्न नपरोस् भनेर जोडिएका जुम्ल्याहा एक जोडीले कालो चश्मा लगाएर मतदान गरेका छन् । 

सोहन र मोहन सिंह (१९) कम्मरमा जोडिएका छन् र धेरै अङ्ग र खुट्टा साझा गर्छन्। उनीहरु जन्मँदै परिवारबाट परत्यक्त भएकाले परोपकारी घरमा बस्छन् ।

रङ्गीन चेक गरिएको शर्ट र मिल्दो कालो पगडी लगाएका यी जुम्ल्याहाले पञ्जाबको राज्य चुनावमा आइतबार मतदान गरे।

“मलाई साँच्चै राम्रो लाग्यो। तिनीहरूले हामीलाई भोट गर्न राम्रो व्यवस्था गरे”, सोहनले अमृतसरबाट सोमबार एएफपीलाई भने, “हामीलाई कालो चस्मा दिइयो ता कि हामीले मतदान केन्द्रभित्र कसलाई भोट दियौँ भनेर देख्न नसकौँ।”

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रि मुलुक भारतले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न गोप्य मतदान प्रणालीलाई अङ्गीकार गरेको छ । भारतमा १८ वर्षभन्दा माथिका सबै नागरिकहरूले मतदान गर्न योग्य छन्।

छुट्टाछुट्टै चुनावी कार्ड जारी गरिएका दुवैलाई मतदान केन्द्रबाट निस्कँदा अधिकारीहरूले माला लगाएर प्रमाणपत्र दिएका थिए।

सिंह दाजुभाइ राज्य विद्युत् विभागमा काम गर्छन् तर एक जनाको मात्र तलब बुझ्छन् । 

सोहनका अनुसार उनीहरु मध्ये एकको मृत्यु हुने जोखिम भएकाले उनीहरुलाई अलग गर्न शल्यक्रियाको विकल्प रोजेनन् । “कुनै विकल्प छैन। म उसलाई गुमाउन सक्दिन”, उनले भने।

पञ्जाबमा नयाँ विधानसभाका लागि मतदान भइरहेको छ।