२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलप्रतिको नेताको अल्प ज्ञान



अ+ अ-

काठमाडौँ । खेलप्रतिको अल्पज्ञानले कहिलेकाहीँ नेताहरु हाँसोको पात्र बन्ने गरेका छन् । यस्तै हाँसोको पात्र अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर बनेका छन् ।

आइतबार पुरुषतर्फको टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई पराजित गरेको थियो ।

नेता महरले पनि विजयी टिम इंग्ल्यान्डलाई बधाई दिए । उनले फेसबुकमार्फत इंग्ल्यान्ड टोलीको फोटोसहित बधाई दिएका हुन् । तर उनले स्टाटसमा विजेता इंग्ल्यान्डको टोलीलाई बधाई दिइरहँदा फोटो भने इंग्ल्यान्डको फुटबल टिमको फोटो राखेका छन् ।

उनको स्टाटस र फोटोलाई सेयर गर्दै प्रभात भट्टराईले लेखेका छन्, “युवा नेता भएपछि यत्तिको खेल ज्ञान त चाहियो नि ! क्या बात् नैनसिंह दाजु ।”

सामाजिक सञ्जालमा आलोचना भएपछि महरले फोटो परिवर्तन गर्दे क्रिकेट टिमको फोटो राखेर बधाई दिनु भएको छ ।