२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः युनाइटेड र एस्टन भिल्लाको जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा युनाइटेडले फुलहमलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो ।

खेलको १४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । ६१ औं मिनेटमा ड्यानियल जेम्सले गोल गर्दै फुलहमलाई १–१ को बराबरीमा ल्याए । खेल सकिनै लाग्दा ९०.३ मिनेटमा एलेजान्ड्रो गार्माचोले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।

जितसँगै युनाइटेड १४ खेलमा २६ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । १५ खेलमा १९ अंक जोडेको फुलहम नवौं स्थानमा छ ।

यस्तै, आइतबार राति नै भएको अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ गोलले हरायो । एस्टन भिल्लाको जितमा दुबै गोल ड्यानी इंग्सले गरे भने ब्राइटनका एलेक्सिस एलिस्टरले एक गोल फर्काए । १४ खेलबाट २१ अंकसहित ब्राइटन सातौं स्थानमा तथा १५ खेलबाट १८ अंकसहित एस्टन १२ औं स्थानमा छन् ।