२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः टस जितेर बलिङ गर्दै इङ्गल्यान्ड, ब्याटिङमा उत्रँदै पाकिस्तान



अ+ अ-

मेलबर्न । आईसीसी टी(२० विश्वकपको उपाधि भिडन्तमा आज इङ्गल्यान्ड र पाकिस्तान भिड्दैछन् । मेलबर्न क्रिकेट मैदानमा हुन गईरहेको खेलमा इङ्गल्यान्डले टस जितेर बलिङ रोजेको छ ।

नेपाली समयअनुसार पौने २ बजे सुरु हुने खेलमा इङ्गल्यान्डले पहिला पाकिस्तानविरुद्ध बलिङ गर्ने भएको हो।

समूह चरणमा भारत र जिम्बाब्वेसँग पराजित भएपछि पाकिस्तानले शानदार पुनरागमन गरेको थियो । अर्कोतर्फ दक्षिण अफ्रिकामाथि नेदरल्याण्ड्सको जितपछि भाग्य चम्किँदै नकआउट चरणमा पुगेको पाकिस्तानले मौकाको फाइदा उठायो । सेमिफाइनलमा उपाधि दाबेदार न्यूजिल्याण्डलाई पाकिस्तानले पराजित गरेको थियो ।

अर्कोतर्फ, समूह चरणमा आयरल्यान्डजस्तो कमजोर टोलीसँग पराजित भएपछि इंग्ल्यान्डले पनि पुनरागमन गरेको थियो । दुवै टोली आ–आफ्नो सुपर १२ समूहमा दोस्रो भएका थिए ।

विश्वको दोस्रो नम्बरमा रहेको इंग्ल्यान्ड र तेस्रो नम्बरमा रहेको पाकिस्तान टोली अहिले उत्कृष्ट लयमा छन् । दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।