२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा सन् २०२७ को यु–१९ महिला विश्वकप क्रिकेट हुने



अ+ अ-

काठमाडौँ । नेपालमा सन् २०२७ मा हुने यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सो प्रतियोगिताका लागि नेपाललाई सहआयोजक बनाएको छ ।

नेपाल र बंगलादेशलाई संयुक्तरुपमा यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्न अवसर दिएको हो ।

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको छ।

सन् २०२५ को प्रतियोगिता मलेसिया र थाइल्यान्डले संयुक्तरुपमा आयोजना गर्नेछन् । त्यस्तै सन् २०२४ को यू–१९ क्रिकेट विश्वकप श्रीलंकामा र २०२६ को प्रतियोगिता जिम्बावे र नामिबियामा आयोजना हुने आईसीसीले जनाएको छ ।

यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्ने अवसर पाएको नेपालले भने अहिलेसम्म उक्त विश्वकप खेल्न पाएको छैन । सन् २०२३ को पहिलो संस्करणको यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता दक्षिण अफ्रिकामा आयोजना हुँदैछ । सो प्रतियोगिताका लागि नेपालले एसियाली क्षेत्रको छनोट खेल खेले पनि छनोट हुन असफल भएको थियो ।