२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

र्‍यापर हप्याकलाई ‘बोक्सी’ लागेको भन्दै मुखमा अगुल्टो झोस्ने झाँक्री पक्राउ



अ+ अ-

काठमाडौं । रियालिटी शो ‘नेपहपको श्रीपेच’मा प्रतिस्पर्धी रहेका र्‍यापर हप्याक (मिलनजंग कुँवर)लाई मुखमा आगो झोस्ने झाँक्री पक्राउ परेका छन् ।

डिप्रेसनबाट पीडित रहेका हप्याकलाई निको पार्ने भन्दै मुखमा आगो झोस्ने २४ बर्ष्यि दिपक सार्कीलाई प्रहरीले नवलपरासीको कावासोतीबाट पक्राउ गरेको हो ।

पीडितको परिवारले उजुरी दिएलगँतै झाँक्री सार्कीलाई प्रहरीले पक्राउ गरेको थियो ।

गत साता नवलपरासीको कावासोतीमा र्‍यापर हप्याकलाई ‘बोक्सी ‘लागेको भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि उनी घाइते भएका थिए । हप्याक अहिले चितवन मेडीकल कलेज को मेन्टल हेल्थ वार्डमा छन् ।

हप्याक रियालिटी शो ‘नेपहपको श्रीपेच’ को टप १४ सम्म पुगेका प्रतिस्पर्धी हुन् ।