४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

राजीव गान्धी हत्या प्रकरणका ६ जना दोषी रिहा

राजीव गान्धी हत्या प्रकरणका ६ जना दोषी रिहा
अ+ अ-

एजेन्सी । भारतको सर्वोच्च अदालतले राजीव गान्धी हत्या प्रकरणमा शुक्रबार ठूलो फैसला सुनाएको छ । अदालतले ६ जना दोषीलाई रिहा गर्न आदेश दिएको हो ।

जसमा नलिनी र आरपी रविचन्द्रन पनि रहेका छन् । यस्तै, आजीवन कारावासको सजाय भोगिरहेका सबै दोषी रिहा भएका छन् ।

मे १८ मा सर्वोच्च अदालतले यस मामिलामा दोषी पेरारिवलनलाई रिहा गर्न आदेश दिएको थियो । बाँकी दोषीले पनि सोही आदेशलाई उद्धृत गर्दै अदालतबाट रिहा गर्न माग गरेका थिए । नलिनी र रविचन्द्रन दुवैले ३० वर्षभन्दा बढी जेलमा बिताइसकेका छन् ।

राजीव गान्धीको हत्याको आरोपमा नलिनी पक्राउ पर्दा उनी गर्भवती थिइन् । उनी गर्भवती भएको दुई महिना भइसकेको थियो । त्यसपछि सोनिया गान्धीले नलिनीलाई माफ गरिन् । नलिनीको गल्तीको सजाय निर्दोष बालकलाई कसरी दिइन्छ भन्ने उनको भनाई थियो ।

राजीव गान्धी हत्या प्रकरणमा ट्रायल कोर्टले षड्यन्त्रमा संलग्न २६ जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । मे १९९९ मा सर्वोच्च अदालतले १९ जनालाई सफाइ दिएको थियो । बाँकी सात अभियुक्तहरूमध्ये चार (नलिनी, मुरुगन उर्फ ​​श्रीहरन, सन्थान र पेरारिवलन) लाई मृत्युदण्ड र बाँकी (रविचन्द्रन, रोबर्ट पायस र जयकुमार)लाई जन्मकैदको सजाय सुनाइएको थियो ।

चारै जनाको दया याचिकामा, तमिलनाडुका गभर्नरले नलिनीको मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गरे । बाँकी अभियुक्तहरूको दया याचिका २०११ मा राष्ट्रपतिले खारेज गरिदिएका थिए ।

चुनावी र्‍यालीमा हत्या भएको थियो राजीव गान्धीको
राजीव गान्धीलाई मे २१, १९९१ मा तमिलनाडुको श्रीपेरुम्बदुरमा चुनावी र्‍यालीमा धनु नामक लिट्टे आत्मघाती बम आक्रमणकारीले हत्या गरेका थिए । एलटीटीई महिला आतंकवादी धनु (तेनमोजी राजरत्नम)ले राजीवलाई फूलको हार लगाएर खुट्टा छोएर निहुरेर कम्मरमा बाँधेको विस्फोटक पदार्थ विष्फोट गरेकी थिइन् ।

विष्फोट यति शक्तिशाली थियो कि धेरै मानिसहरु टुक्राटुक्रा भए । राजीव र आक्रमणकारी धनुसहित १६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते भएका थिए ।

सन् १९८४ मा इन्दिरा गान्धीको हत्यापछि राजीव गान्धी प्रधानमन्त्री बने । लोकसभा चुनावमा कांग्रेसले तीन चौथाई सिट जित्न सफल भएको थियो । त्यसबेला कांग्रेसले ५३३ मध्ये ४१४ सिट जितेको थियो ।

जब राजीव प्रधानमन्त्री बने तब उनको उमेर ४० वर्ष मात्र थियो । उनी देशका सबैभन्दा कान्छो प्रधानमन्त्री थिए । आफ्नो कार्यकालमा उनले विद्यालयमा कम्प्युटर जडान गर्ने बृहत् योजना बनाएका थिए । जवाहर नवोदय विद्यालयहरू राजीव गान्धीको कार्यकालमा स्थापना भएका थिए । त्यसताका पीसीओ मार्फत गाउँ गाउँमा टेलिफोन पुग्यो ।