२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाको ओलीलाई जवाफ– भूमि फिर्ता लिन दार्चुलामा नभई भारतसँग बोल्न सक्नुपर्छ



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अतिक्रमित भूमि फिर्ता ल्याउन दार्चुलामा नभई भारतसँग बोल्न सक्नुपर्ने जवाफ दिनुभएको छ ।

दार्चुलामा बुधबार आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “ओलीजीले यहाँ आएर बोलेर हुँदैन । भारतसँग कुरा गर्नसक्नुपर्छ।”

सीमा समस्या समाधानका लागि आफूहरु प्रतिबद्ध रहेको भन्दै उहाँले भूमि फिर्ता लिनका लागि भारतसँग कुरा गर्न र सम्पूर्ण एक भएर वार्ता गर्नुपर्ने बताउनुभयो ।

उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संसदले बहुमतले पारित गरेको बताउनुभयो ।