१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव पक्षको स्थायी कमिटीको बैठक सुरु, आजै केन्द्रीय कमिटीको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा एमाले माधव समूहका स्थायी कमिटी सदस्यहरूको बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठक शुरू हुनुअघि बसेको स्थायी समितिको बैठकले आजै बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने प्रस्ताबहरुका बारेमा छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा आजै बस्ने केन्द्रीय समितिको बैठकमा पार्टीको एकता गर्ने वा विभाजन गर्ने भन्ने बारेमा बारे केन्द्रीय सदस्यहरूको राय लिने एक नेताले जानकारी दिनुभयो । यस पटक को बैठक निर्णायक हुने भन्दै ती नेताले भने  नेता नेपाल सहित कार्यदलमा रहेका सदस्यहरु संग हाल सम्मको अबस्था र अबको बाटो बारे ठोस निर्णय हुन्छ ।  ती नेताका अनुसार दुई अध्यक्ष बनाएर दुबैको हस्ताक्षरले बैधानिकता पाउने अबस्थामा मात्र एकता हुन्छ नत्र अलग पार्टी बनाएर जाने कुरा अघि बढ्छ । 

बिभिन्न निकायमा निर्बाचित पदाधिकारीहरुको पद जोगाउने बिषय मुख्य चुनौति रहेको भन्दै त्यसको उपाए खोजी भै रहेको ती नेताले जानकारी दिनुभयो । दुई नेताको हस्ताक्षर सहित को एकता नभए आफू पक्षमा जति सक्यो धेरै सासद र केन्द्रिीय सदस्यको हस्ताक्षर जम्मा पार्ने र लगत्तै राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गरेर नयाँदल क्रियाशिल हुने पनि उहाँले जानकारी दिनुभयो । अध्यादेश जारी गर्दा बिरोध हुदै गर्छ तर जारी हुन्छ  त्यस पछि मात्र सरकारले पूर्णता पाउछ त्यस बेला सम्म सरकारले पूर्णता पाउदैन  ।