२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टल भिल्लासँग म्यान्चेस्टर युनाइटेडको हार



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति सम्पन्न खेलमा युनाइटेडले एस्टन भिल्लासँग ३–१ गोलको हार ब्यहोरेको हो ।

घरेलु मैदान भिल्ला पार्कमा एस्टन भिल्लालाई जित दिलाउन खेलको ७ औं मिनेटमा लिओन बेली, ११ औं मिनेटमा लुकास डिग्ने र ४९ औं मिनेटमा जाकोब राम्सेले गोल गरे । ४५ औं मिनेटमा जाकोब राम्सेले आत्मघाती गोल गरेपछि युनाइटेडले एक गोल उपहारस्वरुप पायो ।

भिल्लाको मुख्य प्रशिक्षक सम्हालेका युनाइ एम्रीले पहिलो खेलमै युनाइटेडविरुद्ध सानदार जित निकाले ।

पराजित युनाइटेड १३ खेलबाट २३ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ भने एस्टन भिल्ला १४ खेलबाट १५ अंकसहित १३ औं स्थानमा छ ।