२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, तीन अर्बको कारोबार



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५.४१ अङ्कले उकालो लागेर दुई हजार ७१८.५१ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५.१५ अङ्कले उकालो लागेर ५१८.७९ मा पुगेको छ । नेप्सेमा दोहोरो अङ्कको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्य बढेको छैन । कूल २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर रु दुई अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ बराबरको कारोबार भयो । 

कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बैंकिङ १६.२८, व्यापार ८.०५, होटल तथा पर्यटन ३४.८४, विकास बैंक २२.८२, जलविद्युत् ७२.३९, वित्त २७.२४, निर्जीवन बीमा ३९.०२, उत्पादन ६६.२८, अन्य २९.२१, लघुवित्त १२.२७, जीवन बीमा १९.१९, सामूहिक लगानी कोष ०.०४ र लगानी १.१ अङ्कले उकालो लागेको छ । 

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ५० अर्ब ४७ करोड ४४ लाख ८२ हजार ३०१ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २६ करोड ५० लाख १३ हजार ५६० बराबरको कारोबार भयो । यस्तै जीवन विकास लघुवित्त रु २६ करोड तीन लाख २३ हजार ८४५, अरुण भ्याली हाइड्रोपावर रु १० करोड १८ लाख २२ हजार ७६२, अपि पावर कम्पनी रु नौ करोड ५० लाख ४७ हजार र नेशनल हाइड्रोपावर रु आठ करोड ५६ लाख ७३ हजार ४४० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । 

युनाइटेड इदी मर्दी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । गुराँस लघुवित्त ९.६५, नेपाल हाइड्रो डेभलपर्स ७.१९, बुद्धभूमि नेपाल हाइड्रोपावर ६.७२ र साहस ऊर्जाका लगानीकर्ताले ६.१२ प्रतिशतले कमाए । 

यस्तै नवील बैंकको ऋणपत्र १.९५, कालिका लघुवित्त वित्तीय संस्था १.८६, गरिमा विकास लघुवित्त १.५६, कर्पोरेट डेभलपमेन्ट बैंक १.४९ र मञ्जुश्री फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.२८ प्रतिशतले गुमाए ।